बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम फेरी पनि स्थगित भएको छ। उनी १४ गते नेपाल आउने कार्यक्रम रहेपनि अन्तिम समयमा आएर कार्यक्रम स्थगित भएको हो।
उनी हाल घोषणा भएको मितिमा नेपाल नआउने र केही समय पछि मात्रै नेपाल आउने नेपालस्थित कार्यक्रम आयोजक ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङले जनाएका छन् ।
उनी ‘दबंग टुर रिलोडेड’कार्यक्रम लिएर नेपाल आउन लागेका थिए। स्थगित भएको कार्यक्रमका बारेमा आयोजकले विज्ञप्तिमार्फत जानकारी दिने बताएको छ।
कार्यक्रम स्थगित भएको यो तेस्रोपटक हो ।
बलिउडका अन्य कलाकारसँग नेपाल आउन लागेका खानको यसअघि सन् २०१८ तय भएको कार्यक्रम कोभिड महामारीका कारण रोकिन पुगेको थियो ।
यसअघि २०७४ फागुन २६ गते सलमानसहितका कलाकार नेपाल आउने भनिएको थियो । त्यतिबेला विवादका कारण उक्त कार्यक्रम रद्ध भएको थियो ।