सुनसरीको धरान उपमहानगरपालिकामा धरानमा बाम्फोकले हानेर आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान–१४ विजयपुरका २५ वर्षीय सौगात सुवेदी रहेको सुनसरी प्रहरी प्रवक्ता डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए।
उनका अनुसार झापा चन्द्रगढी घर भई हाल हात्तीसार कलेज धरानको क्वार्टरमा बस्दै आएकी ४२ वर्षीया शान्ता सुवेदीको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।
सौगात सुवेदीले गत शनिबार दिउँसो साढे १ बजे धारिलो हतियार बाम्फोकले टाउकोमा प्रहार गरी आमालाई गम्भीर घाइते बनाएका थिए।
उक्त घटनामा घाइते भएकी शान्तालाई तत्काल उपचारार्थ धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको थियो। उनलाई थप उपचारको लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको थियो। तर न्युरो अस्पतालमा समेत उपचार हुन नसक्ने भनी चिकित्सकको सल्लाहअनुसार घर फिर्ता लैजाने क्रममा मंगलबार दिउँसो ३ बजे बाटोमा नै मृत्यु हो।
घटनामा संग्लग्न रहेका सुवेदीलाई इलाका प्रहरी कार्यालय धरानले आमाको मृत्यु लगत्तै नियन्त्रणमा लिई थप अनुसन्धान थालेको डिएसपी कार्कीले जानकारी दिए। कार्कीका अनुसार सौगात मानसिक रूपमा बिरामी थिए।