भारतमा पछिल्लो २४ घन्टामा २ हजार २२ जनामा कोभिड सङ्क्रमण देखिएको छ । योसँगै कोभिडबाट संक्रमित हुनेको संख्या ४ करोड ३१ लाख ३८ हजार ३९३ पुगेको छ ।
केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ८३२ रहेको छ । यो कुल सङ्क्रमितको शून्य दशमलब ०३ प्रतिशत हो । मन्त्रालयका अनुसार कोभिडबाट निको हुने समग्र दर ९८ दशमलब ७५ प्रतिशत छ ।
त्यस्तै, पछिल्लो २४ घन्टामा ४६ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोभिडबाट मृत्यु हुनेको सङ्ख्या ५ लाख २४ हजार ४५९ जना पुगेको छ ।
भारतमा पछिल्लो समयमा कोभिड सङ्क्रमितको सङ्ख्या फेरि बढेको छ ।