नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्धिको विरोधमा आज एमाले समर्थित अनेरास्ववियूले मसाल जुलुस प्रदर्शन गरेको छ ।
काठमाडौंको त्रिचन्द्र कलेजअगाडि उक्त विद्यार्थी संगठनले मसाल जुलुस प्रदर्शन गरेको हो ।
नेपाल आयल निगमले आइतबार मध्यरातबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १० र खाना पकाउने ग्याँस सिलिन्डरमा प्रतिसिलिन्डर रु २०० का दरले मूल्य बढाएको हो ।
उक्त मूल्यवृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर रु १८०, डिजेल र मट्टितेलको रु १६३ पुगेको छ भने खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर रु १८०० पुगेको छ ।
यसअगाडि वैशाख ३१ गते पनि निगमले पेट्रोलियम पदार्थमा प्रतिलिटर रु १० का दरले मूल्य बढाएको थियो ।
थप तस्बिरहरू