चितवनको भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार बढी मत पाएका छन् । नेपाली कांग्रेसबाट विद्रोह गरेर प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका पौडेलको भूईँकटहर चुनाव चिह्नमा १४ हजार १३१ मत खसेको हो ।
सोही पदमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रतालाई फराकिलो बनाउँदै लगेकी छन् ।
निर्वाचन अधिकृतको कार्यालय चितवनले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार रेणुले ११ हजारबढी मतले अग्रता बनाएकी छन् । उनले एमालेका उम्मेदवार विजय सुवेदीभन्दा ११ हजार २७३ मतले अग्रता कायम गरेकी हुन् ।
रेणुले ४६ हजार ६८० मत प्राप्त गरेकी छिन्। सुवेदीले ३५ हजार ४०७ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारी ४७ हजार ५४९ मत प्राप्त गर्दा, राप्रपाकी हिमला गुरुङले २७ हजार ८१३ मत पाएकी छन् । अधिकारी गुरुङभन्दा १९ हजार ७३६ मतले अगाडि छन् ।