नेकपा (एमाले)ले झापा शिवसताक्षी नगरपालिकाको मेयर र उपमेयरमा जितेको छ। गठबन्धनका उम्मेदवारलाई पछि पार्दै एमालेले दुवै प्रमुख पद जितेको हो।
एमालेका मेगाहाङ्ग थोप्रा १६ हजार ४९८ मत ल्याएर मेयरमा निर्वाचित भएका छन्। उनले निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका पर्शुराम ढुङ्गानालाई ३ हजार ४४८ मतान्तरले पराजित गरेका हुन्। ढुङ्गानाले १३ हजार ५० मत ल्याएका छन्।
त्यस्तै उपमेयरमा एमालेकी नरमाया कार्की १४ हजार १५५ मत ल्याएर निर्वाचित भएकी छन्। उनले गठबन्धनबाट माओवादी केन्द्रका महेन्द्र भट्टराईलाई ४ हजार ६३० मतान्तरले पराजित गरेकी हुन्। भट्टराईले ९ हजार ५२५ मत ल्याएका छन्।
११ वडा रहेको शिवसताक्षीमा एमाले र कांग्रेसले ५–५ वडाध्यक्ष जितेका छन् भने एउटा माओवादीले जितेको छ।
वडा १ मा एमालेका लक्ष्मीप्रसाद चेम्जोङ्ग, वडा २ मा माओवादीका भीमबहादुर नेम्वाङ्ग, वडा ३ मा कांग्रेसका भास्कर न्यौपाने, वडा ४ मा एमालेका विष्णुप्रसाद प्रसाईं, वडा ५ मा एमालेकै सिकिन पासवान, वडा ६ मा कांग्रेसका मनोज खुलाल, वडा ७ मा कांग्रेसकै भवानी विक्रम चेम्जुङ्ग लिम्बु, वडा ८ मा कांग्रेसकै सन्तकुमार फेवदिन, वडा ९ मा कांग्रेसकै डिल्लीलाल फेम्बु, वडा १० मा एमालेका हर्कबहादुर सिंगु र वडा ११ मा एमालेकै बहादुर आङ्वो निर्वाचित भएका छन्।