निकै चासोका साथ हेरिएको भरतपुर महानगरमा सत्ता गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रकी रेणु दाहालले मतान्तर बढाउँदै लगेकी छन् ।
यो समाचार तयार पार्दासम्म उनी नेकपा एमालेका विजय सुवेदी भन्दा ८ हजार ८८२ मतले अघि छिन् ।
दाहालले ३९ हजार ८०८ मत पाउँदा निकटतम् प्रतिस्पर्धी एमालेका सुवेदीले ३० हजार ९२६ मत पाएका छन् ।
सोही पदमा नेपाली कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलको भूईँकटहर चुनाव चिह्नमा १२ हजार ९०५ मत खसेको छ ।
उपमेयरमा पनि गठबन्धनकै चित्रसेन अधिकारी अगाडि छन् । नेपाली कांग्रेसका अधिकारीले ४२ हजार ७४ मत पाउँदा एमालेको समर्थनमा चुनावमा सहभागी भएकी राप्रपाकी हिमला गुरुङको मत २४ हजार ४४८ पुगेको छ । अधिकारी गुरुङभन्दा १७ हजार ५९० मतले अगाडि छन् ।