चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहालले झन फराकिलो अग्रता कायम गरेकी छिन् ।
पछिल्लो परिणामअनुसार उनी निकटतम् प्रतिस्पर्धीभन्दा ५ हजार ७३३ मतले अगाडि देखिएकी छन् । ७६ हजार ९५ गणना गर्दा मेयरकी उम्मेदवार रेणुले २९४७८ मत प्राप्त गरेकी छिन् भने एमालेका उम्मेदवार विजय सुवेदीले २३७४५ मत ल्याएका छन् ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १०३३४ मत ल्याएका छन् । उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले ३१ हजार ८२४ मत ल्याएका छन् भने एमालेले समर्थन गरेकी राप्रपाकी हिमला गुरूङले १८ हजार ४०१ मत ल्याएकी छिन् ।