प्यूठान जिल्लाको प्यूठान नगरपालिकामा नवनिर्वाचित प्रमुख र उपप्रमुखले पदभार ग्रहणसँगै तीन निर्णय गरेका छन् ।
स्थानीय तह सदस्य निर्वाचनमा उक्त नगरमा नेकपा माओवादी केन्द्रका विष्णु बहादुर योगी ९३२३ मतका साथ निर्वाचित भएका थिए भने उपप्रमुखमा देबेन्द्र बर्मा ९४४० मतका साथ विजयी भएका थिए ।
उनीहरूले नगरपालिका क्षेत्रभित्र रहेका नगरबासिहरूको लागि प्यूठान अस्पतालमा बिरामी दर्ता शुल्क नि:शुल्क गर्ने निर्णय गरेका छन् भने रक्त संचार सेवा सोही अस्पतालबाट निशुल्क गर्ने निर्णय गरेका हुन् ।
साथै नवनिर्वाचित प्रमुख उपप्रमुखले नगरपलिकाका १० वटै वडाहरुले आगामी आ. व. को लागि योजना ल्याउदा अनिवार्य रुपमा वस्ती भेलाबाट योजना छनोट संकलन र प्राथमिकरण गर्नुपर्ने र योजनाहरुलाई कार्यान्वयन तथा दीगोपना गराउनको लागि नितिगत व्यबस्था गर्ने निर्णय समेत गरे ।
पूर्वपत्रकार समेत रहेका उपप्रमुख बर्माले नेकपा एमालेकी पवित्रा जिसीलाई दुई हजार ३०८ मतान्तर पराजित गरेका हुन् भने नगरप्रमुखमा माओवादी केन्द्रका योगीले एमालेकी विजय विराज विष्टलाई एक हजार ५०७ मतको अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेसबाट १, २, ३ र ६ मा वडाध्यक्ष पदमा निर्वाचित हुँदा एमालेले ४ र ८, माओवादी केन्द्रले ३ र ९ साथै राष्ट्रिय जनमोर्चाले ५ र लौरो चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार लोक बहादुर केसी वडा नम्बर १० को वडाअध्यक्षमा विजयी भएका हुन् ।