काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन भनिने वालेन्द्र साह र नेकपा एमालेका केशव स्थापितबीच मतान्तर केही घटेको छ ।
यसअगाडि ५९९९ मतले अग्रता लिएका साहले पछिल्लो मतगणनामा ५९३२ मतले अग्रता लिएका छन् ।
अहिलेसम्म महानगरको १ र २ मत गणना सकिएको छ भने ३, ४, ५, ६, २९,३०, ३१ र ३२ नम्बर वडाको गणना जारी छ ।
पछिल्लो मतपरिणाम अनुसार साहले १३२४४ मत पाउँदा स्थापितले ७३१२ मत ल्याएका छन् ।
सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ६३५७ मतका साथ स्थापितलाई पछ्याइरहेकी छिन् ।
स्थापित र सिंहबीच ९५५ मतको अन्तर रहेको छ । यसअगाडी उनीहरूबीच ७७७ मतको अन्तर रहेकोमा पछिल्लो गणनामा स्थापितले मतान्तर बढाउँदै लगेका हुन् ।