पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले प्रमुख र उपप्रमुख पदमा अग्रता लिएका छन्।
५०० मत गणना हुँदा प्रमुख पदमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएको भएतापनि पछिल्लो मतपरिणाममा गठबन्धनका उम्मेदवारले अग्रता लिएका हुन् ।
आइतबार बिहान ३:३० बजेसम्म एक हजार मत गणना सम्पन्न हुँदा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीबाट प्रमुख पदको उम्मेदवार बनेका धनराज आचार्य र उपप्रमुखमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले मतान्तर बढाइरहेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार आचार्यले ४०० मत प्राप्त गर्दा एमालेका कृष्णबहादुर थापाले ३५४ मतका साथ पछ्याइरहेका छन् । आचार्य र थापाबीचको मतान्तर ४४ पुगेको छ । ३०० सय मत गणना हुँदा आचार्यले ८ मतले अग्रता लिएका थिए । उक्त महानगरमा सो पदको लागि ७ स्वतन्त्रसहित २३ जना चुनावी प्रतिस्पर्धामा छन् ।
उपप्रमुखतर्फ गठबन्धनमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ४५९ मत पाउँदा एमालेकी मञ्जुदेवी गुरुङले ३७१ मत प्राप्त गरेकी छन्। सोही पदको लागि यहाँ एक स्वतन्त्रसहित ८ जना चुनावमा होमिएका छन् ।