स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक भइरहँदा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा एक मतको अन्तरले नेकपा एमालेका उम्मेदवार वडा अध्यक्षमा विजयी भएका छन् ।
जुगल गाउँपालिकाको वडा नम्बर २ मा एमालेका उम्मेदवार चन्द्र काजी लामा विजयी भएका हुन् । उनले ६०८ मत ल्याउँदा माओवादी केन्द्रका प्रताप लामाले ६०७ मत ल्याएका हुन् ।
उक्त वडामा सोही पदको लागि नेपाली कांग्रेसबाट जनक लामा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अवीनास गोले, मंगोल नेशनल अर्गनाइजेसनबाट दाङ बहादुर दोङ र स्वतन्त्र उम्मेदवार असल स्याङबो चुनावी प्रतिस्पर्धामा थिए ।
उक्त पालिकामा अध्यक्ष र उपाध्यक्षको मतगणना जारी छ ।