पोखरा महानगरपालिकामा पाँच सय मत गणना भएको छ ।
पछिल्लो मतगणनाका अनुसार एमालेका कृष्ण थापाले सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यलाई ७ मतले पछि पारेका हुन् । आचार्यले तीन सय मत गणना हुँदा ८ मतले अग्रता लिएका थिए ।
एमालेका थापाले १८६ मत प्राप्त गरेका छन् भने एकीकृत समाजवादीका धनराज आचार्यले १७९ मत प्राप्त गरे ।
राप्रपा उम्मेदवार शंकर प्रसाद खरालले ११ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ५ मत पाएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले २१० मत प्राप्त गरेकी छन् भने नेकपा एमालेकी मन्जु गुरुङले १८९ मत प्राप्त गरेकी छन् । यसै गरी राप्रपाकी रञ्जनाकुमारी सेनले ३५ मत प्राप्त गरेकी छन् ।