भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा नेपाली काङ्ग्रेसले खाता खोलेको छ ।
अन्तिम मत परिणामअनुसार साल्पासिलिछो–१ मा कांग्रेसका गणेश बुढाथोकीले ३७८ मत ल्याउँदै विजयी भएका हुन् ।
उनले १८ मतान्तरले विजयी हात पारेका हुन् । नेकपा एमालेका उम्मेदवार मीनबहादुर थापाले ३६० मत ल्याएका थिए ।
भोजपुरका नौ स्थानीय तहमध्ये हतुवागढी, टेम्केमैयुङ, पौवादुङमा, अरुण, साल्पासिलिछो गाउँपालिका र भोजपुर नगरपालिकामा मत गणना भइरहेको छ ।
अब पालिकाको २ नम्बर वडाको गणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।