सुनसरीको धरान उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । सर्वदलीय बैठकले शनिबार बिहान ८ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको थियो ।
तर, झण्डै पौने तीन घण्टा ढिलो गरी बिहान १०ः४० बजेदेखि धरानमा मतगणना सुरु भएको हो । उपमहानगरपालिकाको वडा नम्बर १ बाट मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
धरान उपमहानगरपालिका धरानमा कुल मतदाता सङ्ख्या एक लाख तीन हजार २४ रहेको छ । धरानमा सत्तारूढ गठबन्धनबाट नेपाली काङ्ग्रेसका किशोर राई मेयरका उम्मेदवार रहेका छन् भने नेकपा एमालेबाट मञ्जु भण्डारी उम्मेदवार रहेकी छन् ।