काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । राष्ट्रिय सभागृहमा शनिबार विहान करिब पौने ९ बजेदेखि मतगणना सुरु भएको हो ।
वडा नम्बर १ र ३२ बाट मतगणना सुरु गर्ने निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।
यसपटकको निर्वाचनमा मेयर पदका लागि नेकपा एमालेबाट केशव स्थापित, नेपाली काँग्रेसबाट सिर्जना सिंह र स्वतन्त्र उम्मेदवार बालेन साहलाई मुख्य प्रतिस्पर्धी मानिएका छन् ।
निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिकामा ५२ प्रतिशत मात्रै मत खसेको छ । शान्तिपूर्ण रुपमा निर्वाचन, मतदाताको सुलभ पहुँचका बाबजुद पनि आधामात्रै मत खसेको आयोगले जनाएको छ ।
काठमाडौँ महानगरमा कूल ३ लाख २४२ मतदाता रहेका छन् ।