काठमाडौं महानगरपालिकामा आज भएको मतदानको मतपेटिकाहरू राष्ट्रिय सभागृहमा ल्याइएको छ ।
महानगरको ३२ वटै वडामा रहेका मतदान केन्द्रबाट मतपेटीका राष्ट्रिय सभा गृह मा ल्याइएको हो । मतपेटीका आएसँगै मतगणना स्थलमा सर्वदलितय बैठक सुरु भएको छ ।
जिल्ला निर्वाचन कार्यालय काठमाडौंले सभागृहमा मतपत्रको सुरक्षाको लागि सिसिटिभी र तारजाली लगाइसकेको छ । काठमाडौंमा १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको थियो ।
महानगरको प्रमुख पदमा ३५ स्वतन्त्र सहित ५५ जना उम्मेदवार रहेका छन् ।
महानगरको वडा नम्बर १८, २२, २३ र २७ मा दलित महिला सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।