आज हुन गइरहेको स्थानीय तहको निर्वाचनको दिन काठमाडौं उपत्यकाका सडकहरू सुनसान देखिएका छन् ।
निर्वाचनको लागि बिहान ६ बजेबाट पूर्णरुपमा सवारीसाधन सञ्चालनमा निषेध गरिएपछि सडकहरू सुनसान प्राय देखिएका हुन् ।
सडकमा प्रेस तथा अत्यावश्यक सेवाका सवारी साधनहरू भने चलिरहेका छन् ।
निर्वाचनका बेला आचारसंहिता उल्लंघन र अन्य कुनै अप्रिय घटना नहुन् भनेर सवारीसाधनमार्फत मानिसहरुको आवातजावतलाई निषेध गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
बेलुकी मतदान सकिएपछि मात्रै सवारीसाधन सञ्चालन गर्न पाइनेछ ।
केटिएम दैनिकका फोटो पत्रकारले आज बिहान काठमाडौंका विभिन्न स्थानहरूमा पुग्दा सडकमा अत्यावश्यक सेवाका सवारी साधनहरू मात्र सञ्चालनमा आएको पाइयो । विभिन्न स्थानहरूमा ट्राफिक प्रहरीहरूको बाक्लो उपस्थित छ भने अत्यावश्यक काम बाहेक सवारी लिएर सडकमा पुगेकाहरूलाई फर्काउने काम भैरहेको समेत देखियो ।
हेरौं तस्बिरहरू