अभिनेत्री सोनाक्षी सिन्हाले सोमबार सामाजिक सञ्जालमा औठी देखाउँदै एक तस्विर सार्वजनिक गरिन् । सिन्हाले उक्त तस्विर सार्वजनिक गरेपछि धेरै आश्चर्यचकित भए, ‘के उनले इन्गेजमेन्ट गरेकी हुन् ?
उनले सोमबार बिहान इन्स्टाग्राम शेयर गरेको तस्विरमा एक विशाल हीराको औंठी लगाएकी छिन् भने उनको छेउमा एक पुरुष पनि देखिन्छ ।
जबकि केही मिडियारूले उनले कुनै गहनाको विज्ञापनको लागि उक्त तस्विर सार्वजनिक गरेको बताइरहँदा केहीले भने उनको प्रेमी भनिएका जहीर इकबालसँग इन्गेजमेन्ट गरेको भन्दै समाचार सार्वजनिक समेत गरे ।
उनले शेयर गरेका तीनवटै फोटोमा एउटै क्याप्सन छ । उनले लेखेकी छिन्, “मेरो लागि आज ठूलो दिन !!! मेरो सबैभन्दा ठूलो सपनाहरू मध्ये एउटा सपना पुरा हुँदैछ र म यो तपाईंहरूसँग शेयर नगरिकन बस्न सक्दिन । मैले विश्वास गरेकी थिइन् कि यो यति सजिलो थियो ।”
पहिलो तस्बिरमा, सोनाक्षी मुस्कुराउँछिन् र आफ्नो औंलामा लगाइएको ठूलो हीराको औंठी देखाउँछिन्। उनले एक पुरुषको हात पनि समातेको देखिन्छ जसको अनुहार फ्रेममा देखिँदैन।
दोस्रोमा सोनाक्षीले पुरुषको अनुहार नदेखाई आफ्नो हात र अनुहार उनको काँधमा राखिन् ।
अन्तिम तस्बिरमा, उनले आफ्नो हर्षित मुस्कान लुकाएर पोज दिएकी छिन्।
अभिभनेत्रीले ती तस्बिरहरू पोस्ट गर्ने बित्तिकै उनका फ्यानहरूले उनलाई इन्गेजमेन्ट हो भन्दै सोध्न थाले। उनको पोस्टमा धेरै बलिउडका कलाकारहरूले बधाई समेत दिएका छन्।
नेहा धुपियाले टिप्पणी गर्दै लेखेकी छिन्, “बधाई छ सोनाक्षी” ।
कामको कुरा गर्ने हो भने सोनाक्षी सिन्हा र जहीर इकबालको अर्को फिल्म ‘डबल एक्सएल’ मा देखिनेछन् जसमा हुमा कुरैशी पनि छन्।