दल र निर्वाचन लोकतन्त्र का पखेटा हुन । लोकतान्त्रिक व्यवस्थाको सबै भन्दा उत्तम पक्षे भनेको नै यही हो । तर यसको प्रयोगको सन्दर्भमा भने केही महत्त्वपूर्ण प्रश्नहरूको जन्म यसले गराएको छ । मुलत यति वेला नेपाली समाज र राजनीति चुनावी मौसमका कारण हल्लाखल्ला र वाद विवाद को उत्कर्षमा पुगेको हामीले पाएका छौ । त्यो स्वाभाविक पनि होला तर मूल रूपमा हेर्ने हो भने यसले साँच्चिकै जनमतको कदर गरेका छ की छैन भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । नेपालको सन्दर्भमा भन्ने हो भने यसले समग्रमा समाज र राजनीति लाई अराजकता तिर लम्काएको हामीले पाएका छौ । यस कारण यस माथि बहस र छलफल हुन जरुरी रहेको देखिन्छ । मूलतः आसन्न निर्वाचन र त्यस निर्वाचनमा भाग लिने दलहरूले उत्पन्न गरेका केही प्रश्न हरू यस प्रकार छन् ।
यी दलहरूको राजनीतिक एजेन्डा के ?
राजनीतिक एजेन्डा भनेको राजनीतिक दलहरूका लागि बिरुवा को डाँठ जस्तै मानिन्छ । यस कारण राजनीतिक एजेन्डा कै दलहरूले जनमत पाउने गर्दछन् । तर नेपालको सन्दर्भमा यसो हुन सकेको छैन । आसन्न स्थानीय र सङ्घीय निर्वाचनलाई लिएर तयार पारेका यी दलहरूको घोषणा पत्र हेर्ने हो भने ख्यास्सै जनताको मन जित्ने कुनै पनि दलहरूको घोषण पत्र छैन । विश्व परिवेश र राष्ट्रिय परिस्थिति कुन दिशामा गएको छ यस लाई कुन बाटो बाट जाँदा समाधान गर्न सकिन्छ । भन्ने करा लाई ख्याल नगरी उही पुरानै नारा लाई एजेन्डा बनाएर चुनाव गर्नु यी दलहरूको विवशता वा विसर्जन उन्मुख दुर्दशा हुन सक्छ भन्ने आधार छन् ।
यस कारण लोकतान्त्रिक विधि पद्धति लाई अँगाल्ने हो भने मौजुदा प्रणाली माथि ठुलो बहस हुन आवश्यक छ । प्रस्ट रूपमा जनताले यो लोकतन्त्र हो भन्ने कुरा अहिले सम्म पनि आभास गर्न सकेका छैनन् । यसैले यदि लोकतन्त्र को सही प्रयोग गर्ने हो भने राजनीतिक एजेन्डा सहित का राजनीतिक पार्टी हुन आवश्यक छ । मुलुक आज सबै कुरामा टाट पल्टी रहेको अवस्थामा यी सनातनी नारा बोकेर निर्वाचन गर्नु को कुनै औचित्य छैन । यस कारण प्रश्न उठ्छ यी दलहरूको एजेन्डा के ? जनताका आधारभूत आवश्यकता का कुरा ४९ साल बाटै गर्दै आए तर अहिले सम्म पनि जनता का आधारभूत आवश्यकता समेत पुरा गर्न सकेका छैनन् ।
यसैले प्रश्न उठ्छ यी दलहरूको राजनीतिक एजेन्डा के ? कर्मकाण्डी नारा बोकेर जनता को विवेक माथि धन को प्रयोग गरेर सत्ता का लागि जे पनि गर्न सक्ने दलाल हरू लाई अब जनताले के गर्छन् भन्ने कुरा हेर्न भने बाँकी छ । मुलुक को अर्थतन्त्र एकातिर छ जनताको जनजीविका अर्कातिर छ । आन्तरिक उत्पादन शून्य छ सबै कुरा अर्काको भरमा छ । महँगी र कर ले जनता उठ्नै नसक्ने गरी थिचिएको छ दलाल पुँजीपति र ठेकेदार हरूको हात मा मुलुक सत्ता छ । यस्तो अवस्थामा निर्वाचन गर्नु पर्छ भन्नु एक मूर्खता हुन सक्छ । यस कारण प्रस्ट रूपमा भन्न सकिन्छ यी दल हरूको एजेन्डा के ?
बुर्जुवा चुनाव को औचित्य के ?
लोकतन्त्र को सौन्दर्यता भनेको नै जनमत हो । जनताले आफ्नो शासक छान्न पाउने विधि नै लोकतन्त्र हो । तर यसलाई केलाएर हेर्ने हो भने यसले निकै ठुला प्रश्न हरूको जन्म दिएको छ । विश्व परिवेश मै यसले महत्त्वपूर्ण प्रश्नहरूकोजन्म दिएको हामीले पाएका छौ । मुलत दक्षिण एसियाली मुलुक हरूको निर्वाचनमा देखिएको विकृति बारेका सामाग्रीहरू बजारमा हामीले तमाम भेट्न सक्छौ । थाइल्यान्डका एक पूर्व मन्त्री को भनाइ लाई मात्रै सम्झिने हो भने पनि आजको लोकतन्त्र को परिभाषा पुग्न सक्छ । उनले भनेका छन् आजभोलिको लोकतन्त्र भनेको व्यापारिक लोकतन्त्र हो , खरिद गरिएको जनादेश हो । भनेर उन ले परिभाषित गरेका छन् । यसैले भन्न सकिन्छ बुर्जुवा चुनाव को औचित्य के ?
जनताको मताधिकार लाई आधार मानेर यसको सही अभिव्यक्ति हुन सक्ने माध्यम को विकास नगरे सम्म र राजनीतिक निर्णयहरूमा नागरिक को नियन्त्रण लोकतन्त्र दलाल लोकतन्त्र हुन जान्छ । यसैले यसलाई सही बाटोमा हिँडाउने हो भने यस माथि फराकिलो बहस हुन जरुरी छ । धाँधली बाट मताधिकार माथि बलात्कार गर्ने , धनको बलमा जनता को विवेक खरिद गर्ने तन्त्र सर्वसत्तावाद भन्दा खतरनाक र निरङ्कुशता भन्दा त्रासदी पूर्ण हुन्छ ।
यस कारण अहिले यही दिशामा निर्वाचन लम्केको हुँदा प्रश्न जन्मियो बुर्जुवा निर्वाचन को औचित्य के ? साम,दाम,दण्ड र भेद को नीति लाई अवलम्बन गरेर जनता को विवेक माथि शक्तिको अस्त्र प्रहार गरेर लोकतन्त्र माथि हमला भइरहेको हामीले पाएका छौ यसैले प्रश्न उत्पन्न भयो दलाल निर्वाचन को आवश्यकता किन ? अहिलेको दलाल नाधारि व्यवस्था का मतियारहरूले पटक पटक जनता को आसालाई निराशामा रूपान्तरण गरिरहेको हामीले भोगेका छौ । त्यसैले अब जनता जाग्न सक्छन् । त्यस कारण यी दल र दलका मतियारहरूले ख्याल गर्न जरुरी छ ।
यदि त्यसो हुन सकेन भने जनता को निराशा को मौन क्रान्ति ले विद्रोह को आँधीको रूप यो व्यवस्था नै बगाउन सक्ने सम्भावना देखिन्छ । यसैले नेपालको लोकतन्त्र र देश को भविष्य अँध्यारा सुरुङभित्र पसालेको हामीले पाएका छौ । यति खर्चिलो चुनावले आदर्श जननेता भन्दा दलाल भरौटे हरको राज हुन सक्ने प्रस्ट रूपमा देख्न सकिन्छ । यसैले भन्न सकिन्छ बुर्जुवा निर्वाचन को औचित्य के ? बुर्जुवा निर्वाचन का दलाल हरूले नै बुर्जुवा निर्वाचन को खर्चको पर्दाफास गरिरहेका छन् । यी विभिन्न दलका मतियार हरले यस विकृत निर्वाचन को कहाली लाग्दो खर्चको पर्दाफास गरिरहेको हामीले पाएका छौ ।
यसै का लागी यो चुनाव को औचित्य के ? मुलत दोस्रो जनआन्दोलन पछि का निर्वाचन हरू मा मुख्य रूपमा मनि र मसल को प्रयोग हुँदै आयको हामीले पाएका र्छाै । यसैले यो निर्वाचन यति विकृत हुँदै छ कि आदर्श का अड्केका नेता कार्यकर्ता हर आफ्नै अखडा बाट बाहिरिएका हामीले देखेका छौ । यसैले आजको निर्वाचन धन तन्त्र तिर जाँदै छ र निर्वाचन बाट निर्वाचित हुने हर व्यापारी र ठेकेदार हरूको कब्जामा जाँदै छन् भन्न सक्ने आधार तमाम छन् । यसैले प्रश्न बुर्जुवा दलाल निर्वाचन को औचित्य के ?
यस कारण यी तमाम तथ्य र प्रमाणको आधार लाई मध्य नजर गरेर अब नेपाली जनताले यी तमाम प्रश्न हरूको उत्तर खोज्ने वेला भयको छ । लोकतन्त्र लाई बालतन्त्र बनाउन जरुरी छ । यस कारण अहिले को निर्वाचन भनेको रावण लाई रावण ले हराउने खेल भएको हुँदा यसको विकल्प मा जनताले आफ्नो अधिकारको निम्ति क्रान्ति को मसाल बाल्नु नै मुक्ति हुन सक्छ ।