हामी बराबरी त हौँ नि भन्ने तिमीले ।
एक्कासी आकाश र धर्तीको सवाल उठायौ ।।
दुःख सुख बाँड्ने बाचा गरेकी तिमीले ।
मथिङ्गल हल्लिने गरी बचन वाण चलायौ ।।
हिजो भावनामा शंका नगर्ने तिमीले ।
आज आएर विश्वासको लंका जलायौ ।।
आँखा चिम्लि गरेको भरोसालाई तिमीले ।
लिनुसम्म मनपेट लिई मन्दविष पिलायौ ।।
जसोतसो कुवामै रमाइरहेको मलाई तिमीले ।
फुत्त निकालेर समुद्रको किनारा लगायौ ।।
सुकेधारा, काठमाडौं ।