उदयपुरमा १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका–५ खोलटार बस्ने ४० वर्षीय सन्तोष जोशीलाई सोमबार पक्राउ गरेको छ ।
ती किशोरीलाई सन्तोषले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बालयौन दुरुपयोग गरेको आरोपमा २० वर्षीय युवक पक्राउ
१५ वर्षीया नाबालिगलाई बालयौन दुरुपयोग गरेको आरोपमा ओखलढुंगा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ओखलढुंगा बस्ने स्थायी घर उदयपुरको उदयपुरगढी गाउँपालिका–७ घर भएका २० वर्षीय कमल मगर रहेका छन् । उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कोषाहाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ती किशोरीलाई ओखलढुंगाको सुनकोशी गाउँपालिका–९ तेर्सेस्थित सार्वजनिक बाटोमा आइतबार बेलुकी मगरले बालयौन दुरुपयोग गरेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।