भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी र नेकपा एमाले सांसद महेश बस्नेतबीच भारतको देहराधुनमा भेटघाट भएको छ ।
भारतीय जनताको पार्टीको तर्फबाट मुख्यमन्त्री बनेका धामीसँग बस्नेतको भेटमा दुबै देशको हकहितका बारेमा छलफल भएको बताइएको छ ।
उनीहरुले एकअर्कालाई तुलसीको बिरुवा दिएका थिए । भारतको उत्तराखण्ड र नेपालको सुदूरपश्चिम क्षेत्रमा धार्मिक पर्यटन विकासबारे छलफल भएको बस्नेत निकट एमालेका एक नेताले केटिएम दैनिकलाई बताए ।
मुख्यमन्त्री धामी पशुपतिनाथले डोलेश्वर महादेवको दर्शन गर्न नेपाल आउने इच्छा व्यक्त गरेका छन् ।
मुख्यमन्त्रीको सचिवालयका अनुसार पूर्वमन्त्रीसमेत रहेका बस्नेतले नेपाल भ्रमण गर्न दिएको निम्तो धामीले स्वीकार गरेका थिए ।