कान्तिपुर टेलिभिजनको कार्यालय तीनकुने काठमाडौंमा धर्ना दिइएको छ ।
छ बुँदे माग राखेर नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको अगुवाईमा दुई दिने आन्दोलनको कार्यक्रम अन्तरगत आज (सोमबार) टेलिभिजन परिसरमा एक घण्टा धर्ना दिइएको हो ।
धर्नामा केन्द्रीय समिति बाहेक काठमाडौं उपत्यका प्रदेश समिति, उपत्यकाका तीन जिल्लाका पदाधिकारीहरू र अन्य पत्रकारहरूको सहभागिता रहेको थियो ।
उनीहरूले पत्रकार दिपा दाहाललाई तत्कालद पुनर्वहानी गर, न्यूनतम पारिश्रमिक तत्काल लागू गर, श्रमजिवी पत्रकार ऐनको कार्यान्वन गर, स्ट्रिन्जर र रिपोर्टरलाई स्थायी गर, सरकारसँग लिएको सहुलियत पूर्ण ऋणलाई पत्रकारको हितमा लागू गर र विभिन्न बाहानामा निष्कासित पत्रकारहरूलाई पुनर्वहाली गर भन्दै कालो ब्यानर बोकेर धर्ना दिएका हुन् ।
यसकारण कान्तिपुर टिभीविरुद्ध मेरो सङ्घर्ष !
गाउँमा महिला हिंसाविरुद्धको अभियानले ठाउँ लिँदै थियो । ‘कुनै पनि बहानामा...
सोमबार, वैशाख ५ २०७९श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, निष्काशित पत्रकारको पूर्नवहाली, पारिश्रमिक र सेवा सुविधाका लागि दवाब, कोभिडका कारण सचारगृहले प्राप्त गरेका सहुलियतपूर्ण ऋणको अनुगमन र पारदर्शीताका लागी दबाव सिर्जना गर्न नेपाल पत्रकार महासंघले आन्दोलनको कार्यक्रम गरेको हो ।
भोलीसम्म कान्तिपुर टेलिभिजन परिसरमा धर्ना दिने र बैशाख ७ र ८ गते नागरीक दैनिकमा धर्ना दिने कार्यक्रम रहेको नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले केटिएम दैनिकलाई बताए ।