६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ५५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले बालिका करणी गरेको आरोपमा वीरगञ्ज महानगरपालिका १६ बस्ने पलट चौधरीलाई पक्राउ गरेको हो ।
पीडित वालिका खेल्न आएको मौका छोपी चौधरीले आफू बस्ने गरेको घरको कोठाभित्र लगी जबरजस्ती करणी गरेको भन्दै पीडित बालिकाका अभिभावकले शुक्रबार (आज) किटानी जाहेरी दिएपछि उनलाई आज बिहान ११ बजे पक्राउ गरेर सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले केटिएम दैनिकलाई बताए ।
पक्राउ परेका चौधरीमाथि जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको डिएसपी खनालले बताए ।