गायक प्रमोद खरेलले स्वर दिएको म्यूजिक भिडिओ ‘म के गरूँ’ सार्वजनिक भएको छ ।
राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको यो गितमा बरिष्ठ गितकार रामचन्द्र लामगादेले शब्द भरेका छन ।
महेश खड्काको संगित रहेको गितको भिडिओमा सृष्टि खड्का र महेश खड्काको अभिनय रहेको छ । आयोखबर को युट्युब च्यानलबाट उक्त म्यूजिक भिडिओ आज (सोमबार) सार्वजनिक गरिएको हो । म्यूजिक भिडियोको निर्देशक शैलेश भुसालले गरेका छन ।
गित सार्वजनिक कार्यक्रममा शब्द एंवम गितकार रामचन्द्र लामगादेले आफ्नो दोस्रो गित म के म के गरूँ बजारमा ल्याएको बताउँदै आगामी दिनमा पनि लोक गितहरु समेत बजारमा ल्याउने तयारी भएको बताए ।
श्रीधर खनाल र केशव खनालले निर्माण गरेको उक्त म्यूजिक भिडिओको शव्द रचनाकार लामगादे नेपाल सरकारका उपसचिव समेत हुन । अहिले रामेछाप नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतका रुपमा कार्यरत छन् ।
भिडिओ