सन् २०२२ को पहिलो ग्रहण अप्रिल महिनाको ३० तारिकमा लाग्दैछ । रातको १२:१५ मा सुरु भएर र बिहान ४:०७ मा समाप्त हुनेछ । यो आंशिक सूर्यग्रहण हुो । सुतक अवधि ग्रहण लाग्नु अगाडि नै शुरू हुन्छ। तर यो ग्रहणलाई सुतक मानिने छैन । किनभने यो ग्रहण नेपाल तथा भारतका देशहरूबाट देखिने छैन ।
यस ग्रहणको दृश्य क्षेत्र दक्षिण अमेरिकाको दक्षिणपश्चिमी भाग, प्रशान्त महासागर, एट्लान्टिक र अन्टार्कटिका हुनेछ। यो ग्रहण भारतमा नदेखिए पनि सबै राशिका मानिसमा यसले राम्रो वा नराम्रो प्रभाव पार्छ ।
यी ४ राशिका लागि ग्रहण फलदायी साबित हुनेछ
वृष राशिः ग्रहण तपाईको लागि शुभ फलदायी रहनेछ । तपाईको आर्थिक स्थितिमा सुधार आउने सम्भावना छ । अधुरा काम पुरा हुनेछन् । यस अवधिमा गरिएको यात्रा फलदायी साबित हुनेछ । घरजग्गामा लगानी गर्न समय राम्रो छ । यो ग्रहणले व्यापारीहरुका लागि पनि शुभ समाचार ल्याउनेछ ।
कर्कट राशि : तपाईका लागि पनि ग्रहण शुभ रहनेछ । हरेक काममा सफलता मिल्ने सम्भावना छ । कार्यस्थलमा आफ्नो पहिचान बनाउन सकिनेछ । तपाईको इज्जत बढ्नेछ । आउने हरेक चुनौतीको सामना गर्न सक्षम हुनुहुनेछ । उच्च अधिकारीबाट सहयोग मिल्नेछ ।
तुला राशि: यस राशिका व्यक्तिहरूको आर्थिक स्थितिमा उल्लेखनीय सुधारको सम्भावना छ । जागिरमा प्रशस्त लाभ मिल्ने अवसर मिल्नेछ । साझेदारी कार्यमा राम्रो नाफा कमाउन सफल हुनुहुनेछ । कार्यस्थलमा तपाईको कामको उच्च प्रशंसा हुनेछ। कडा परिश्रमको उचित प्रतिफल प्राप्त हुने देखिन्छ ।
धनु राशि: नोकरी गर्नेहरूका लागि समय शुभ छ। वैदेशिक रोजगारीमा जाने नेपालीको सपना पनि पूरा हुनसक्छ । यस अवधिमा धन आर्जनका प्रशस्त अवसरहरू आउनेछन्। व्यापार व्यवसायमा वृद्धि र विस्तारको सम्भावना पनि छ ।