प्रजातान्त्रिक गणतन्त्र कंगोमा खटिएका एक नेपाली सैनिकको विद्रोहीको हमलामा मृत्यु भएको छ ।
राष्ट्रसंघीय शान्ति सेनामा खटिएका सैनिकको मृत्यु भएको हो । विद्रोहीको आक्रमणमा नेपाली सैनिकको मृत्यु भएको राष्ट्रंघले पुष्टि गरेको छ । मृत्यु भएका सैनिकको परिचय भने खुलाइएको छ ।
अपडेट : नेपाली सेनाले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा अफ्रिकी राष्ट्र कंगोमा खटिएका एक जना नेपाली सेनाको मृत्यु भएको पुष्टी गरेको छ । मृत्यु हुने नेपाली शान्ति सैनिकमा सुर्खेतको गुर्माकोट–१४ निवासी सिपाही अनिल गुरुङ रहेका छन् ।
राष्ट्रसंघले कंगोको इटुरी प्रान्तको बालीमा राष्ट्रसंघको मिसनमा खटिएका शान्ति सेनामाथि भएको हमलाको निन्दा गरेको छ । नेपाली शान्ति सैनिकको मृत्युप्रति राष्ट्रसंघका महासचिवले समवेदन व्यक्त गरेका छन् ।
महासचिवले मृतक शान्ति सैनिक परिवार, नेपाल सरकार र नेपालीप्रति गहिरो समवेदना प्रकट गरेका हुन् ।
शान्ति सैनिकहरूमाथि आक्रमण युद्ध अपराध हुने बताउँदै महासचिवले सो घटनाको छानबिन गरी दोषिलाई तत्काल कानुनी कठघरामा उभ्याउन कंगोका अधिकारी समक्ष आग्रहसमेत गरेका छन् ।