प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
शनिवारमा भएको भेटवार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा देउवाले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।
‘उच्चस्तरीय तहबाट हुने भ्रमणले नेपाल-भारत सम्बन्धलाई उचाइमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्छ,’ देउवाले भने । देउवाले गौतमबुद्ध विमानस्थल सञ्चालन र जोगवनीदेखि विराटनगर रेल्वे निर्माणका लागि पनि सहयोगको अपेक्षा गरेका छन् ।
नेपाल र भारतबीच चारवटा सम्झौता भएको छ। नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता भएको हो।
सम्झौताका बारेमा दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएका हुन् ।