नेपाली कांग्रेस केन्द्रीय समिति बैठकअघि रामचन्द्र पौडेलले बोलाएको जिल्ला सभापतिहरूको भेलामा शेखर कोइराला र प्रकाशमान सिंह अनुपस्थित भएका छन् ।
नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनदेखि स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने बारेमा राय लिनका लागि पौडेलले बोलाएको बैठकमा कोइराला र सिंह अनुपस्थित भएका हुन् ।
बोहोराटारस्थित आफ्नै निवासमा जिल्ला सभापतिहरूसँग छलफलका आधारमा दिउँसो २ बजे बस्ने केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता पौडेलले गठबन्धन गरेर जाने कि नगरी जाने भन्ने बारेमा आफ्नो धारणा राख्ने छन् ।
पौडेलले बोलाएको बैठकमा पूर्व महामन्त्री शशांक कोइराला भने उपस्थित भएका छन् ।
नेपाली कांग्रेसभित्र गठबन्धन गर्ने कि नगर्ने भन्ने दुई धार छ । संस्थापन पक्ष गठबन्धन गरेर स्थानीय तहको चुनावमा जाने विचारमा छ भने शेखर कोइराला पक्षले भने स्थानीय तहमा नेपाली कांग्रेसका कार्यकर्ताहरूले रुखलाई छाडेर माओवादीलाई मत नदिने बताइरहेका छन्, बैठक जारी छ ।