सञ्चारिका समूहको आठौं महाधिवेशनको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गरेका छन् ।
काठमाडौंको रोयल सिंगे होटलमा शुक्रबाबाट सुरु महाधिवेशनलाई उपराष्ट्रपति पुनले उद्घाटन गरेका हुन् ।
उक्त महाधिवेशनमा अध्यक्षमा विमला तुम्खेवा र कमला पन्थी दाबेदारी गरेका छन् भने महासचिवमा यशोदा अधिकारी बसन्ती बाँस्तोलाको लगायतको दाबेदारी छ ।
केही सञ्चारमाध्यममा अध्यक्षको लागि नितु पण्डितको पनि दाबेदारी रहेको समाचार आएतापनि त्यहाँ रहेकी पत्रकार रसना ढकालले दुईजनाको मात्र दाबेदारी रहेको केटिएम दैनिकलाई बताइन् । पण्डित सञ्चारिक समूहको अहिलेको अध्यक्ष हुन् ।
महाधिवेशनले नयाँ कार्यसमिति चुन्नेछ । सकेसम्म चुनाव नगर्ने र सहमतिमै पदाधिकारी चयन गर्ने बुझिएको छ ।