नेपालमा पछिल्लो २४ घण्टामा एक कोरोना सङ्क्रमितको ज्यान गएको छ । यससँगै नेपालमा सङ्क्रमणबाट ज्यान गुमाउनेको कूल सङ्ख्या ११ हजार ९ सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै २४ घण्टामा ७७ जना कोरोना सङ्क्रमित थपिएका छन् । पीसीआर र एन्टिजेन विधिबाट गरी सात हजार नौ सय ८१ जनाको नमुना परीक्षण गर्दा ७७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यही अवधिमा एक सय ८९ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । आज थपिएकासँगै नेपालमा पाँच हजार दुई सय १२ जना सक्रिय कोरोना सङ्क्रमित रहेका छन् ।