सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको मकै बाली राम्रो हुने ठाउँ हो । भोक्राहा नरसिंह गाउँपालिकाअन्तर्गत रहेका कृषि विकास शाखाका अनुसार यहाँ बेसिजनमा पनि करिब तीन सय बिघा जमिनमा मकै खेती हुने गरेको छ ।
गाउँपालिकाले गाउँका विभिन्न ठाउँलाई मकै ब्लक क्षेत्र घोषणा गरेर अनुदानका कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको कृषि शाखा प्रमुख रेनुका चौधरीले बताइन् ।
ब्लक क्षेत्रमा एक सय ५० बिघा क्षेत्रफलमा मकैखेती गरिन्छ । यहाँका स्थानीयका अलावा अन्यत्र ठाउँका व्यवसायीहरूले जग्गा भाडामा लिएर पनि मकैखेती गर्ने गरेका छन् । कतिपयले त वर्षमा तीन बाली मकै पनि लगाउने गरेका छन् ।
उनीहरूका लागि अहिले फौजी किराको प्रकोप ठुलो समस्याको रूपमा खडा भएको छ ।
गतवर्ष अमेरिकन फौजी किराका कारण उत्पादन घटेपछि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ का सरोज यादवले यसपालि मकै लगाएका छैनन् । उनले आफ्नो ३१ कट्ठाजमिनमा मकै लगाउँदै आएका थिए । तर, गतवर्ष फौजी किराको प्रकोपबाट प्रभावित भएपछि यादवले यसपालि गहुँ लगाएका छन् ।
विगतमा एक कट्ठामा सात क्विन्टलसम्म मकै उत्पादन भएको थियो । ‘क्विन्टलको तीन हजार रुपैयाँमा बिक्री पनि भयो,’ उनले भने, ‘तर विगतका वर्षहरूमा झैँ पोहोर मकै उत्पादन भएन । पोहोर फौजी किराले उत्पादन निकै कम भएपछि यसपालि अरू नै बाली लगाएँ ।’
यस्तै, गतवर्ष अमेरिकन फौजी किराका कारण उत्पादन घटेपछि भोक्राहा नरसिंह गाउँपालिका–७ का सरोज यादवले यसपालि मकै लगाएका छैनन् । उनले आफ्नो ३१ कट्ठाजमिनमा मकै लगाउँदै आएका थिए । तर, गतवर्ष फौजी किराको प्रकोपबाट प्रभावित भएपछि यादवले यसपालि गहुँ लगाएका छन् ।
विगतमा एक कट्ठामा सात क्विन्टलसम्म मकै उत्पादन भएको थियो । ‘क्विन्टलको तीन हजार रुपैयाँमा बिक्री पनि भयो,’ उनले भने, ‘तर विगतका वर्षहरूमा झैँ पोहोर मकै उत्पादन भएन । पोहोर फौजी किराले उत्पादन निकै कम भएपछि यसपालि अरू नै बाली लगाएँ ।’
यता, स्थानीय युवा शङ्कर मेहताले यस वर्षबाट मकै खेती सुरु गरेका थिए । ‘पहिलो गाँसमै ढुङ्गा भनेजस्तो भयो,’ उनले भने, ‘खर्च उठाउन पनि सकिँदैन जस्तो छ ।’ उनले स्थानीयएग्रो फर्मको सल्लाहलिएर मकैमाविषादी छरिरहेका छन् । तैपनि किरा घटेको छैन ।
भोक्राहा नरसिंह गाउँपालिका–२ का चन्दन मेहताले खेतमा मकै लगाएको दुई महिना एक हप्ता भयो । यो अवधिमा उनले मकैमा पाँच पटक विषादी छरिसके । ‘मेरो खेतमापोहोर उत्पादन राम्रो थियो । किराको असर थिएन । यसपाली त बर्बादै होला जस्तो छ,’ उनले भने ।
उनले करिब १० कट्ठाजमिनमा मकै लगाएका छन् । उनले गत वर्ष सात हजार खर्च गरेर लगाएको मकैले १८ हजार रुपैयाँको आम्दानी दिएको थियो । तर ‘यसपाली त खर्च मात्रै १८ हजार पुग्न लाग्यो,’ उनले भने, ‘खेती गरेर खाने दिनगए जस्तो लागेको छ ।’ गत वर्षबाटै मकैमा किराको असर देखिन थालेपछि यसपालि उनले आधाभन्दा बढी जमिनमा तोरी खेती गरेका छन् ।
मकैमा फौजी किरासँगै गबारोको असर पनि उत्तिकै छ । गबारोले मकैको बिरुवा सुक्ने, ओइलाउने समस्या देखिएको किसान प्रवीण मेहताले बताए । उनले भने, ‘मेरोमा फौजी किरा देखिएन तर गबारोले मकै बिगार्न थालेको छ । विषादी छरेर ठिक हुन्छ कि भनेर लागिपर्दै छु ।’
अमेरिकन फौजी किरा र गबारोका कारण मकै किसान निराश बनेपछि जुटबाली अनुसन्धान कार्यालय इटहरी, सुनसरीले अनुसन्धान थालेको छ । सो कार्यालयका कृषि विज्ञ तथा कार्यालय प्रमुख तीर्थनाथ रिजाल र भोक्राहा नरसिंह गाउँपालिकाअन्तर्गत रहेका कृषि शाखाका प्रविधिक सहायक रेनुका चौधरीसहितको टोलीले मकैबाली अनुगमन गरेका छन् ।
सो टोलीका टिमले भोक्राहा नरसिंह गाउँपालिका वडा नं.१ मा रुद्रनारायण साहको खेतमा अनुसन्धानको लागिलगाइएकोस्वदेशी हाइव्रिड जातका मकैबालीको अनुगमनगरिएको भोक्राहा नरसिंह गाउँपालिकाका कृषिशाखाप्रमुख रेनुकाचौधरीले जानकारी दिइन् ।
अनुसन्धानको लागि लगाइएको स्वदेशी हाइब्रिड जातका मकै सि.ए.एच ५०११, सि.ए.एच १७१५, भि.एच १८४६, आर.एम.एल १४५/आर .एल १११, आर.एम.एल १४५ /आर.एल.९८, आर.एम.एल. १४५ /आर.एल २, भि.एच १८६१४ मा अनुसन्धान थालिएको उनको भनाइ छ ।
सो स्वदेशी हाइब्रिड जातका मकैको बिरुवाहरूमध्ये कुन जातको राम्रो विरुवा र रोग किरारहित रहेको अनुसन्धान गरिएको उनले बताए ।
अनुसन्धान गरिएको स्वदेशी हाइब्रिड आठवटा जातका मकैमध्ये आर एमएल १४५/आर एल ९८, आर एमएल १४५÷आरएल दुई जात राम्रो देखिएको र माटोमा उपयुक्त हुने उनको भनाइ छ ।