यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता: ।
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रिया: मनुस्मृति ३/५६
अर्थात् जुन परिवारमा नारीको पूजा हुन्छ, त्यहाँ देवताको पनि बास हुन्छ र देवताहरू पनि रमाउँछन्। र, जुन घरमा नारीको सम्मान हुँदैन,त्यहाँ गरिएका सम्पूर्ण राम्रा कामहरूको पनि फल मिल्दैन ।
शोचन्ति जामयो यत्र विनश्यत्याशु तत्कुलम् ।
न शोचन्ति तु यत्रैता वर्धते तद्धि सर्वदा स् मनुस्मृति ३/५७
जुन कुलमा महिलालाई दु:ख कष्ट दिइन्छ उक्त कुल चाडै विनाशको बाटोतर्फ अगाडि बढ्छ । जुन कुलमा महिला हाँसी खुसी आफ्नो तरिकाले जीवन बिताउन पाउँछिन् त्यो कुल सधैँ फूलझैँ मुस्कुराइ रहनेछ ।
‘योऽकामां दूषयेत् कन्या
स सद्यो वधमर्हति।’ ८/३६४
कन्यालाई बलात्कार गर्ने व्यक्ति तत्कालै मृत्युदण्ड पाउन योग्य हुन्छ।
यी माथिका हरफहरू मनुस्मृतिमा उल्लेख भएका हुन् । मनुस्मृति ग्रन्थले महिलाहरूलाई पूजनीय भनेर व्याख्या गरेको पाइन्छ । हिन्दू संस्कृति र वैदिक सनातन धर्मले नारीलाई देवी भनेर पूजा गर्ने गरेको छ । हाम्रो शास्त्रले पनि नारी पूज्य हुन्छन् भन्ने गरेको छ ।
यहाँ नारीलाई पुज्नु वा नारीलाई सम्मान गर्नुको अर्थ मातृत्वको कदर गर्नु हो, सृष्टिको सम्मान गर्नु हो। हाम्रो घरमा भएका छोरी चेलीको रक्षा गर्नु हो । उनीहरूलाई माया सम्मानको साथमा अधिकार दिनु हो ।
तर, महिलालाई देउवाको रूपमा पुज्ने हाम्रो देशमा महिलाहरूलाई हेर्ने दृष्टिकोण बद्लिएको पाइँदैन । २१ औँ शताब्दीमा आइपुग्दा पनि छोरी-चेली घरमा नै सुरक्षित छैनन् । अहिलेको समयमा यही देशमा महिला सुरक्षित हुने स्थिति छैन । हाम्रो समाज र देशको हरेक स्थानका मानिसहरूका मस्तिष्कमा महिलाहरूलाई हेरिने र गरिने व्यवहार यति धेरै तुच्छ र घृणित भएको छ कि सोच्दा पनि मन नै छियाछिया भएर आउँछ।
‘रक्षक’ बुबा नै ‘भक्षक’: बाल्यावस्थाका छोरीलाई मायाको सट्टा बलात्कार !
फेब्रुअरी महिनामा माया शब्दको अलि धेरै नै चर्चा हुन्छ । किनकि...
बुधवार, माघ २६ २०७८तिनै देवी मानिएका महिला अहिले मनोरञ्जनका साधन बनेका छन्, हिंसाका पात्र बनेका छन्, सभ्यताको विकासमा पछाडि पारेर समाज पुरुष प्रधान बन्यो वा पितृसत्तात्मक सोचसँगै महिलाहरू पीडामा पर्न थाले । उनीहरू आफ्नै श्रीमानको कुटाइबाट अकालमा ज्यान गुमाउँछन्, मनोरञ्जनको साधन बनेर भित्तामा टाँसिन्छन् । घर विद्यालय तथा खेतमा समेत सुरक्षित हुँदैनन् । बोक्सीको आरोपमा कुटिन्छन्, अलच्छिनी, मान्छे टोकुवाको आक्षेप खप्न बाध्य भएका छन् ।
गर्भमा रहेको छोरी देखि लिएर भर्खर तोते बोल्न सुरु गरेकी बच्ची, १३/१४ वर्षकी कलिली बालिका या त बिहे गरेकै युवती नै किन नहोस् उनीहरूले सुरक्षित महसुस गर्न सक्ने वातावरण छैन ।
दिनानुदिन बलात्कारका घटनाहरू बढिरहेको छन् । विगत तीन वर्षमा बलात्कार गरेर १६ जनाको हत्यासमेत गरिएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । त्यसमध्ये १३ जना त कलिलो उमेरका बालिकाहरू नै छन् ।
अभिभावकहरूमा बिहान स्कुल पढ्न पठाएको छोरी बेलुका घर फर्कने हो कि हैन ? भन्ने चिन्ताले सताउन थालेको छ । दिनानुदिन हुने गरेका बलात्कार र हत्याका घटनाले सिङ्गो समाज सशङ्कित र भयभीत अवस्थामा पुगेको छ ।
आजको दिनमा एउटा चेली न बन पाखामा सुरक्षित छ, न विद्यालयमा । आफ्नो सुनौलो भविष्यको खोजीका निम्ति विद्यालय पुगेकी बालिका शिक्षकबाटै असुरक्षित महसुस गरिरहेकी हुन्छे भने दिनचर्या गुजार्नका निम्ति बनपाखा र खेतबारीमा पुगेका बालिकाहरू गाउँकै दाजुभाइ नामक यौन पिपासुहरूको सिकार बन्न पुगेका छन् । घरबाट काममा निस्कन्छु भनेकी छोरी कार्यालयमा पनि सुरक्षित छैनन् । त्यहाँ पनि उसलाई गिद्देनजरले हेर्ने पुरुषहरूको कमि हुँदैन ।
के कार्यालयमा पनि हिंसा हुन्छ ?
बिबिए पास गरेकी एक युवती काठमाडौँको कुनै एउटा कम्पनीमा इन्टर्न गर्न...
बुधवार, माघ १२ २०७८निर्मला पन्त, सम्झना कामी, भागीरथी भट्टको बलात्कार पछि भएको हत्याकाण्ड त प्रकाशमा आएका केही प्रतिनिधि घटना मात्र हुन् । यहाँ दैनिक कैयौँ चेलीको अस्मिता लुटिन्छ । कतिको ज्यान लिइन्छ । तर, गाउँ, समाज र इज्जत जाने डरले घटना बाहिर नै आउँदैनन् ।
विभिन्न किसिमका प्रलोभन र डर धम्कीको आडमा यस्ता कैयौँ घटनाहरू अझै गुमनाम अवस्थामै छन्। दर्जनौँ निर्मला र सम्झनाहरू हरेक दिन बलात्कृत भएर बलिन्धारा आँसुमा जीवन व्यतीत गर्न बाध्य छन् । नेपाली समाजमा अझै पनि बलात्कार र हत्याका मुद्धाहरु राजनीतिक आडको हैकम देखाएर पीडितलाई दबाउने प्रचलन छ ।
बलात्कारीले नै दिन्छ ज्यान मार्ने धम्की !
मध्यरातको १२ बजे बाहिरबाट आवाज आउँछ, ‘ए ढोका खोल्, मैले भनेको...
शनिवार, माघ २९ २०७८किन बढिरहेको छ समाजमा बलात्कारजन्य अपराध, यसलाई न्यूनीकरण र नियन्त्रण गर्न के गर्न सकिन्छ भन्ने कुराले मेरो मनमा डेरा जमाएर बसेको छ । कहिले सम्म यस्ता घटनाको साक्षी बनेर बस्ने हामी ? अब त आवाज उठाउने बेला भएन र ? यही सोचहरूमा मनमा डेरा जमाएर नै समाजमा जनचेतना जगाउन र बलात्कार जस्तो जघन्य अपराधलाई न्यूनीकरण गर्न हामीले चालेको सानो कदम हो “बलात्कार विरुद्धको ७ दिने अभियान” । म आफू संलग्न भएको सञ्चारमाध्यमबाट जनचेतना जगाउन चाहन्छु । धेरै भन्दा धेरै मानिसहरूमाझ पुर्याएर छोरीहरूलाई आफ्नो ज्यानको सुरक्षा आफ्नै गर्ने बनाउन चाहन्छु । प्रविधिको प्रयोग गर्दै उनीहरूको दुःखमा मलहम लगाउन चाहन्छु ।
आर्थिक वर्ष २०७४–७५ मा एक हजार चार सय ८० बलात्कारका घटना प्रहरीको दर्ता भएकोमा ०७५–७६ मा बढेर दुई हजार दुई सय ३० पुगेका छन् । २०७६–७७ मा अघिल्लो वर्षको तुलनामा अलिक कम अर्थात् दुई हजार एक सय ४५ घटना दर्ता भएकोमा पछिल्लो आवमा भने उक्त सङ्ख्या बढेर दुई हजार पाँच सय ३२ पुगेको छ ।
(उमेर समूह अनुसार बलात्कारको पीडामा परेकाहरूको सङ्ख्या हेर्नुहोस तलको तालिका )
केटिएम दैनिकमा माघ महिनामा प्रदेश १ मा मात्र पाँच ओटा भन्दा बढी बलात्कारका घटना भएको समाचार छापिएको थियो । बलात्कार भएर निधन भएपछि हामी केही दिन नारा जुलुस गर्छौँ, सरकारलाई सचेत गराउँछौँ, विभिन्न कार्यक्रमहरू गर्छौँ र बिस्तारै बिर्सँदै जान्छौँ ।
अचम्म लाग्दो कुरा त के छ भने बालबालिका बलात्कार र हत्याविरुद्ध प्रमुख भूमिका खेल्नुपर्ने निकाय पनि चुप छ । जनताको अधिकार सुनिश्चित गराउन नेतृत्वमा पुगेका दलीय नेताहरू नै यस खाले घृणित अपराध कार्यमा संलग्न अपराधीहरूलाई जोगाउने चलखेलमा लागेका समाचार पनि सार्वजनिक हुने गरेका छन् ।
यी र यस्ता विषयलाई राज्यले गम्भीर रूपमा लिनुपर्ने र सो अनुसारको सशक्त सम्बोधन गर्नुपर्ने अपरिहार्यता भइसकेको छ । बढ्दो बालिका हिंसाका समाचारले अब राज्यबाट गरिनुपर्ने पहलमा कुनै ढिलाइ गरिन नहुने अवस्था इङ्गित गरेको छ ।
राष्ट्रपतिलाई अनुरोध
नेपालमा जब महिला हिंसा तथा बलात्कारको मुद्दाहरू चर्कन्छ तब सामाजिक सञ्जालमा महिला राष्ट्रपति भएकै देशमा महिलाहरू सुरक्षित भएनन् भनेर विभिन्न टीकाटिप्पणीहरू आउँछन् । त्यसलाई हामीले नकारात्मक र सकारात्मक दुवै पक्षबाट हेर्न सक्छौँ । राष्ट्रपति भनेको देशको प्रमुख व्यक्ति हो । अझ भन्ने हो भने हामी महिलाहरूको प्रेरणाको स्रोत हो । महिला राष्ट्रपति भएकै कारणले हाम्रो शिर उँचो भएको छ । राष्ट्रप्रमुख भएको नाताले म उहाँलाई आमा मान्छु र एक आमाले आफ्नो छोरीको रक्षाको लागि बोल्नु पर्छ भन्ने मेरो पनि चाहाना हो ।
महिला प्रमुख हुँदैमा हिंसा नियन्त्रण हुन्छ भन्ने हुँदैन । राष्ट्रपति हवाई उत्थान कार्यक्रम मार्फत सयौँ सुत्केरी महिलाहरूको ज्यान जोगिएको कुरा हामीले समाचार लेख्दै आएको छौँ । अब बलात्कार जस्तो जघन्य अपराध रोकथामको लागि राष्ट्रपति ज्यूले चाल्ने कदमहरूको बारेमा समाचार लेख्न मन छ ।
जनचेतनाका अभियानहरू चलाएका समाचार लेख्न मन छ । बलात्कार जस्तो जघन्य अपराध गर्ने अपराधीहरूलाई ढाकछोप नगरी सजाय दिएको हेर्न मन छ । त्यस्तो लागि राष्ट्रपति ज्यूले विभिन्न कदमहरू चालेको हेर्न मन छ । महिला र बालिका बलात्कार गर्नेहरूलाई कडा भन्दा कडा कानुन बनाएको हेर्न मन छ । र अन्त्यमा म देशको प्रमुख राष्ट्रपतिलाई आग्रह गर्छु । जवरजस्ती करणी गर्ने अपराधीहरूलाई कडा भन्दा कडा कारबाही होस । कुनै पनि महिला यस्ता समस्याबाट गुज्रिन नपरोस् ।
प्रहरीको तथ्याङ्क भन्छ : ‘नेपालमा दैनिक ६ जना बलात्कृत हुन्छन्’
–मोरङको सुनवर्षी नगरपालिका–७ मा अपाङ्गता भएकी १७ वर्षीया किशोरी बलात्कृत भइन्...
आइतबार, फाल्गुन १ २०७८हामीले के गर्ने ?
बलात्कारमा परेका महिलाहरू खुलेर आफ्नो समस्या बताउन सक्दैनन् । के हामी उनीहरूको रक्षक बन्न सक्दैनौँ ? उनीहरूलाई न्याय दिलाउने अनुभूति दिन सक्दैनौँ ? उनीहरूलाई न्याय दिएर समाजमा हुने यस्ता जघन्य अपराध विरुद्ध बोल्न सिकाउन सक्दैनौँ ?
उनीहरूको जीवनमा आइपरेका कठिन अवस्था र यसले पारेको शारीरिक, भावनात्मक र मानसिक असर कम गर्न, उनीहरूलाई भित्रैदेखि बलियो बनाउन र आफूलाई माया गर्न सिकाउन सक्दैनौँ र ?
यी सबै घटना यही समाजबाट सिर्जित हुन् । जबसम्म सिङ्गो समाज सजग, सचेत, जागरूक भई यस्ता घृणित, आपराधिक क्रियाकलापविरुद्ध जाग्दैन तबसम्म यस्ता घटना दोहोरिइरहन्छन् । तर्सथ हामी आफ्नो ठाउँमा कोशिस जारी राखौँ । मूकदर्शक मात्र बनेर नबसौ ।
बलात्कार सम्बन्धी के छ नेपालमा कानुन ?
जबर्जस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी हने कैद सजाय :
(क) १० वर्षभन्दा कम उमेरकी बालिका भए १६ वर्षदेखि २० वर्षसम्म ।
(ख) १० वर्षभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिका भए १४ वर्षदेखि १६ वर्षसम्म ।
(ग) १४ वर्षभन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिका भए १२ वर्षदेखि १४ वर्षसम्म ।
(घ) १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म ।
(ङ) १८ वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि १० वर्षसम्म ।
(च) वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा
(१) पतिले पत्नीलाई जबर्जस्ती करणी गरेमा ५ वर्षसम्म ।
(२) सामूहिक रूपमा जबर्जस्ती करणी गरेमा वा ६ महीनाभन्दा बढीको गर्भवती, अशक्त वा अपाङ्ग वा शारीरिक वा मानसिक रूपमा अस्वस्थ महिलालाई वा हातहतियार देखाई जबर्जस्ती करणी गरेमा बलात्कारको सजायमा थप ५ वर्षसम्म ।
(३) बालयौन दुरूपयोग गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना ।
(छ) हाडनाता करणीमा फरक–फरक सजाय हुनेः
(१) जन्माउने आमा–छोराको वा बाबु–छोरीको करणीमा जन्मकैद ।
(२) सौतेनी आमा–छोरा वा बाबु–छोरी, सहोदर दिदी–भाइ वा दाजु–बहिनी, एकै हाँगाको ससुरा–बुहारी, एकै हाँगाको बाजे–नातिनी वा पनातिनी, एकै हाँगाका जेठाजु र भाइबुहारी वा देवर–भाउजूको करणी भएमा चार वर्षदेखि १० वर्षसम्म कैद र ४० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना ।
(३) एकै हाँगाको तीन पुस्तासम्मको बज्यै, नाति वा पनाति, एकै हाँगाको ठुलो बाबु वा काका–भतिजी, एकै हाँगाको भतिजो–ठुली आमा वा काकी, एकै हाँगाको ससुरा–भतिजीबुहारी, साक्खै मामा–भाञ्जी वा भानिज–माइजू, आमातर्फका ठुली आमा वा सानी आमा र छोरा र आफ्नी श्रीमतीतर्फकी सासू र ज्वाइँको करणी भएमा ३ वर्षदेखि ६ वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि ६० हजार रुपैयाँसम्म जरिवाना ।
(४) यी तीन अवस्थाबाहेक आफ्नो वंशका सात पुस्तासम्मका अन्य नातामा करणी भएमा हाँगा, नाता र पुस्तासमेत विचार गरी १ वर्षदेखि ३ वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म जरिवाना ।
(२०७५ साल १ भदौदेखि लागू भएको मुलुकी अपराधसंहिता)
नोट : यो समाचार नेहा चौधरीसँग गरिएको कुराकानीमा आधारित हो । केही तथ्यहरू पुष्टि गर्नको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी, डा.पकंज चौधरीका सहकर्मीसँग समेत कुराकानी गरेका हौं । हामीले डा. चौधरीका घरपरिवारसँग सम्पर्क गर्न प्रयास गरेतापनि सफल हुन सकेनौँ ।