हालैमात्र राप्रपा त्यागेका कमल थापाको नेतृत्वमा नयाँ पार्टी घोषणा फागुन ७ गते हुने भएको छ ।
आइतबार विज्ञप्ति सार्वजनिक गर्दै थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल घोषणा गर्ने जानकारी गराएका हुन् ।
देशको धरातलीय यथार्थ र साथीहरुको सुझाव अनुसार हामीले राप्रपा नेपाललाई पुनर्जागृत गरेका छौँ।केही समयको अलमल पछि घर फर्केका छौँ। उनले विज्ञप्तीमा लेखेका छन् “विचमा अवरुद्ध भएको हाम्रो यात्रा अब नयाँ उर्जा र अठोटका साथ अघि बढ्नेछ ।”
उनले राप्रपा नेपालमा आवद्ध हुन र सकारात्मक परिवर्तनमा सहभागी हुन सबैमा अपिल समेत अपिल समेत गरेका छन् ।
आगामी स्थानीय तहको निर्वाचनमा सक्रियताका साथ सहभागी हुने थापाले बताएका छन् ।