कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हलह? आजवाट वाट खुल्ला हुने भएका छन् ।
जिल्ला प्रशाशन कार्यालयले १ फागुनवाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिएसँगै आजैवाट सिनेमा हलहरू नियमित रूपमा सञ्चालनमा आउने भएका हुन ।
सिनेमा हल खुल्ला गर्ने अनुमति पाएसँगै काठमाडौं उपत्यकाका सिनेमा हलहरूमा दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा प्रदर्शनमा आउनेछन् ।
कोभिड महामारी अन्तगर्तको ओमिक्रोन देखा परे पछि सरकारले माघ पहिलो साता देखी सिनेमाहल लगायतका सार्वजनिक स्थानमा भीडभाड कम गर्ने उदेश्यसहित बन्द गर्ने निर्णय गरेको थियो ।