सांसद मोहन बानियाँमाथि बलात्कारको आरोप लागेको छ । नेकपा एमालेका नेता बानियाविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन् ।
ती शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय, बाँकेमा सोमबार जाहेरी दिएकी छिन् ।
जाहेरीमा माघ १९ गते राति होटलमा बसेका बेलामा बानियाँले बलात्कार गरेको आरोप लागाइएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान थालेको छ ।
बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले सांसद बानियाँविरुद्ध बलात्कारको जाहेरी परेको पुष्टि गर्दै भने– सांसद बानियाँविरुद्ध बलात्कारको जाहेरी परेको छ । हामी बुझ्दै छौँ । मंगलबार यस बारेमा अरू प्रक्रिया अघि बढ्छ । त्यो रात दुई पटक कण्डम लगाएर बलात्कार गरको उनको दाबी छ ।
महिलाको स्वास्थ्य जाँचको रिपोर्ट आउन बाँकी छ ।
नोट : हामीले ७ दिनसम्म बलात्कार विरुद्ध ७ वटा समाचारहरू प्रकाशित गर्नेछौं । तपाइलाई पनि बलात्कार विरुद्ध केही लेख्न मन छ भने हामीलाई ktmdainikofficial[at]gmail.com मा पठाउन सक्नुहुन्छ । अघिल्लो वर्ष भ्यालेन्टाइन सप्ताह मनाइरहँदा हामीले बलात्कार विरुद्धको अभियान सुरुवात गरेका थियौं । यो वर्ष त्यसकैको निरन्तरता हो । अभियान नाम सुन्नेबित्तिकै कुनै संस्था, सरकार वा आइएनजिओबाट आर्थिक रकम लिएको बुझिएला तर यसमा कसैको सहयोग नरहेको स्पष्ट पार्न चाहन्छौं । यो अभियान समाजमा चेतना जगाउने केटिएम दैनिकको प्रयास हो ।