काठमाडौं उपत्यकामा माघ मसान्तसम्म विद्यालय खोल्न नपाइने भएको छ ।
शुक्रबार बसेको सीसीएमसी व्यवस्थापन केन्द्रको बैठकले माघ मसान्तसम्म विद्यालयमा भौतिकरुपमा हुने पठनपाठनमा लगाइएको रोक कायमै राख्न सिफारिस गरेको हो । यसअघि सरकारले माघ १५ गतेसम्मलाई बन्द गर्ने निर्णय लिएको थियो ।
उपत्यकाका तीनवटै प्रशासन कार्यालयले आज जारी गरेको आदेशको बुँदा नम्बर २ मा माघ मसान्तसम्म विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर तालिक वा अन्य प्रकारका शैक्षिक गतिविधि भौतिक उपस्थितिमा संचालन गर्न नपाइने जनाएका छन् ।
शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइ विधिमा संचालन गर्न भनिएको छ ।
तर कोभिड १९ विरुद्धको खोप लागउन भने तोकिएको दिन विद्यार्थीहरूलाई विद्यालयमा बोलाउन सकिनेछ ।