मधेश प्रदेशको सिराहा जिल्लामा ५०० बढी सक्रिय सङ्क्रमित भएपछि यो जिल्ला रेड जोनमा उक्लिएको छ ।
बिहीबारसम्म रेड जोनको जिल्ला १९ रहेकोमा आज सिराहा थप भएसँगै रेड जोनमा पर्ने जिल्लाको सङ्ख्या २० पुगेको छ ।
प्रदेश १ को झापा मोरङ सुनसरी मधेश प्रदेशका धनुषा, सिराहा र सप्तरी, बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, नुवाकोट, गण्डकी प्रदेशका कास्की, तनहुँ र नवलपरासी (पूर्व), लुम्बिनी प्रदेशका बाँके, रुपन्देही र दाङ त्यस्तैगरी कर्णाली प्रदेशको कैलाली जिल्ला रेड जोनमा परेका हुन् ।
अहिलेसम्म कर्णाली प्रदेशका कुनै पनि जिल्ला रेड जोनमा छैनन् भने प्रदेश १ का कुनै पनि जिल्ला एल्लो जोनमा परेका छैनन् ।
२०० बढि सक्रिय सङ्क्रमित रहेको जिल्लाको सङ्ख्या १८ छ । एल्लो जोनमा परेका जिल्लाहरूमा मधेश प्रदेशका पर्सा, बारा, महोत्तरी र सर्लाही, बागमती प्रदेशका धादिङ, सिन्धुपाल्चोक, सिन्धुली र दोलखा गण्डकी प्रदेशका गोरखा, स्याङ्जा र बाग्लुङ, लुम्बिनी प्रदेशका पाल्पा, बर्दिया, नवलपरासी र गुल्मी त्यस्तैगरी कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कञ्चनपुर रहेका छन् ।
पिसिआर परीक्षण गराएकामध्येबाट पोजेटिभ देखिने दर केही दिन अगाडि ५६ प्रतिशत भन्दा माथि पुगेकोमा ३५ प्रतिशतभन्दा तल झरेको छ ।