नेपालमा बितेको २४ घण्टामा कोरोनाबाट १० जनाको निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशर १९ हजार ८६९ जनाको नमूना परीक्षण गर्दा ६ हजार ८२७ जनामा सङ्क्रमण देखिएको हो ।
आज १३ हजार ७९१ जनाको पिसिआर परीक्षणमा ४ हजार ८०७ र ६ हजार ७८ जनाको एण्टीजेन परीक्षणमा २ हजार २० जनामा सङ्क्रमण देखिएको हो ।
आज थप ५ हजार ४३२ जना सङ्क्रमणमुक्त भएका छन् । १० जनाको निधन भएसँगै ११ हजार ६९७ जनाको निधन भैसकेको छ ।
अहिले देशभर ८९ हजार ९४१ व्यक्ति सक्रिय सङ्क्रमित छन् ।