सुनसरीको इटहरीबाट बहिनीको घर जाँदै गरेकी बेलबारी नगरपालिका–४ की ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा तीनैजना पक्राउ परेका छन् ।
झापा घर बताउने राम वहादुर नेपाली भन्ने सुधान्सु दर्जीलाई इलामको तीनघरेमा लुकिछिपी बसेको अवस्थामा बुधबार पक्राउ गरेसँगै सामूहिक बलात्कारका तीनै आरोपितहरू पक्राउ परेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन गरिएको केटिएम दैनिकलाई बताए ।
यसअघि शनिबार प्रहरीले मोरङको सुन्दरहरैँचा–४ बलियास्थित श्रेष्ठ होटल एन्ड फेमिली लजका सञ्चाकल ३६ वर्षीय अर्जुन श्रेष्ठलाई पक्राउ गरेको थियो भने आइतबार होटल सञ्चालक अर्जुनको भाइ सुरज श्रेष्ठलाई पक्राउ गरेको थियो ।
इटहरीमा काम सकेर शुक्रबार साँझतिर बहिनीको घर गछिया हिँडेकी ती महिलामाथि अपरहण शैलीमा होटलमा पुर्याई तीन जनाको समूहले पालैपालो बलात्कार गरेको थियो ।
सामूहिक बलात्कारबाट पीडित महिलाको अवस्था गम्भीर भएको छ । उनको यौनाङ्ग क्षतविक्षत भएको छ । हाल उनको विराटनगरस्थित कोसी अस्पतालमा भइरहेको छ । उनी अहिले बोल्नसमेत नसक्ने अवस्थामा रहेको चिकित्सकले जनाएका छन् ।
ती महिलामाथि सुन्दरहरैँचा–४ बलियास्थित श्रेष्ठ होटल एन्ड फेमीली लजको एउटा कोठामा बन्धक बनाएर शुक्रबार राति सामूहिक बलात्कार भएको थियो । पीडित महिलाले शुक्रबारदेखि नै सुनसरीको इटहरीस्थित एउटा घरमा काम गर्न थालेकी थिइन् । काम सकेर सुन्दरहरैँचाकै गछियास्थित बहिनीको घरमा फर्कँदै गरेको अवस्थामा उनले बाटो भुलेकी थिइन् ।
हालैमात्र खोटाङबाट बसाइँ सरेर बेलबारी झरेकी उनले बाटो भुलेर रामबहादुरलाई सोधेकी थिइन् ।
सोही मौका छोपेर रामबहादुरले बहिनीको घर लगिदिने भन्दै शुक्रबार साँझ ६ बजेतिर प्रदेश २–०१–००१ च २२७ नम्बरको गाडीमा राखेर गछियाबाट बलियास्थित होटल पुर्याएका थिए । बेहोस बनाउने वस्तु खान दिएर र सुँघाएर होटलको कोठामा लगेका थिए । त्यसपछि तीन जना मिलेर उनलाई बलात्कार गरेका थिए ।
प्रतिकार गर्नखोज्दा रामबहादुरले उनको यौनाङ्गमा हात छिराएर क्षतविक्षत पारेको प्रहरीले जनाएको छ । बलात्कारपछि रक्तश्राव नियन्त्रणमा नआएपछि शनिबार दिउँसोमात्र उपचारका लागि उनलाई कोसी अस्पताल ल्याइएको थियो । अस्पताल ल्याएपछि प्रहरीले घटनाबारे जानकारी पाएको हो ।
त्यसबाहेक प्रहरीले अर्जुनको होटलमा काम गर्ने आरती श्रेष्ठ नाम गरेकी युवतीलाई पनि नियन्त्रणमा लिएको छ ।
डिएसपी मञ्जिल मुकारुङका अनुसार सामूहिक बलात्कार भएको घटना प्रत्यक्ष देखेकी युवतीले पीडित महिलाले चिच्याएर हारगुहार गर्दा पनि प्रहरीलाई खबर नगरेको पाइएपछि उनलाई समेत पक्राउ गरिएको छ ।
पीडितका दुई छोरा र दुई छोरी छन् । उनीहरू केही दिनदेखि बहिनीकोमा बस्दै आएका थिए । दुई महिनाअघि मात्र खोटाङबाट मोरङ आएका कारण बहिनीको घर जाने बाटो अल्मलिँदा ती महिला सामूहिक बलात्कारको सिकार भएकी हुन् ।
पक्राउ परेका तीनै जना उपर जबरजस्ती करणी मुद्दामा अदालतबाट म्यादथप भई अनुसन्धान कार्य भईरहेको डिएसपी मुकारुङले बताए ।