आज काठमाडौं उपत्यकाका तीन जिल्लासहित १२ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण तीन अंक (१०० बढी) मा देखिएको छ ।
देशभर २१ हजार ८०८ जनाको नमूना परीक्षण गर्दा ८ हजार १७ जनामा सङ्क्रमण देखिएकोमा प्रदेश १ मा ६३५ जना मधेश प्रदेशमा ३२१ जना बाग्मतीमा ३५२४ जना, गण्डकीमा ५७१ जना लुम्बिनीमा ४२४ जना कर्णालीमा ४३ जना र सुदूरपश्चिमा २७५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
अरू दिनहरूमा जस्तै आज पनि काठमाडौं जिल्लामा सर्वाधिक सङ्क्रमित भेटिएका छन् । आज ललितपुरमा ५२१ जना भक्तपुरमा २२० जना र काठमाडौंमा २ हजार ४०२ गरी उपत्यकाका तीन जिल्लामा ३ हजार १४३ जनामा सङ्क्रमण देखिएको हो ।
त्यस्तैगरी झापामा १०६ जना, मोरङमा २८१ जना, सुनसरीमा १५८ जना, धनुषामा ११५ जना, चितवनमा १२७ जना, कास्कीमा ३९३ जना, बाँकेमा १०६ जना, रुपन्देहीमा १४३ जना र कैलालीमा १८५ जनामा सङ्क्रमण देखिएको हो ।
मधेश प्रदेशको धनुषा ५०० बढी सक्रिय सङ्क्रमित भएर रेड जोनमा परेको भएतापनि एकैदिनमा १०० भन्दा बढी सङ्क्रमित पुष्टि भएका थिएनन् ।