नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट १५ जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार २१ हजार ८०८ जनाको नमूना परीक्षण गर्दा थप ८ हजार १७ जनामा सङ्क्रमण देखिएको छ । १५ हजार ७३६ जनाको पिसिआर परीक्षणमा ५ हजार ८१६ र ६ हजार ७२ जनाको एण्टीजेन परीक्षणमा २ हजार २०१ जनामा सङ्क्रमण देखिएको हो ।
आज पिसिआर परीक्षण गराएकाहरूमा पोजेटिभ देखिने दर अघिल्ला दिनहरूको तुलनामा कम देखिएको छ ।
केही दिन अघि ५० प्रतिशत भन्दा माथि रहेको पोजेटिभिटी दर आज भने ३७ प्रतिशत भन्दा कम देखिएको छ । सरल भाषामा भन्दा १०० जनाको पिसिआर परिक्षण गरिएकोमा ३७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमणमुक्त हुनेको दर तेस्रो लहरको सङ्क्रमण देखियएताकै बढी छ । आज ४ हजार २९२ जना निको भएका छन् ।
अहिलेसम्म ११ हजार ६८७ जनाको निधन भएको छ भने सक्रिय सङ्क्रमित ९० हजार ५७६ पुगेको छ ।