झापामा पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव निरीक्षक वसन्त पाठकले केटिएम दैनिकलाई दिएको जानकारीअनुसार पक्राउ पर्नेमा सर्लाही बरथवा नगरपालिका–२ हजरिया घर भएका ३८ वर्षीय गङ्गा मगर रहेका छन् ।
मगरलाई बुधबार राति पक्राउ गरेर अनुसन्धान थालिएको झापा प्रहरीका प्रवक्ता डिएसपी पाठकले जानकारी दिए । उनका अनुसार बिर्तामोड नगरपालिका–२ चैतुवारीस्थित प्रदीप इँटाभट्टामा काम गर्ने मजदुरकी छोरीलाई मगरले करणी गरेका हुन् ।
बुधबार राति नै कोठामा ल्याएर ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले मगरलाई पक्राउ गरेको पाठकले जानकारी दिए ।
‘हिजो राति सोही भट्टामा कार्यरत मजदुरकी छोरी ती बालिकालाई करणी गरेको जानकारीलगत्तै खटिएको टोलीले उनलाई पक्राउ गरेको हो,’ पाठकले भने, ‘यसबारे हामीले थप अनुसन्धान गरिरहेका छौँ ।’