बुबाको हत्या गरेको अभियोगमा ३५ वर्षीय छोरालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका–९ स्थित डाँगा बजारका ३५ वर्षीय जयबहादुर खत्री रहेका छन् ।
इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार गत बुधवार राति खत्रीले ८० वर्षीय बुबा दलबहादुर खत्रीको घाँटी थिचेर हत्या गरेका थिए । घटनाको सुक्ष्म अनुसन्धानमा परिचालित प्रहरी टोलीले बुबाको हत्या गरेको अभियोगमा खत्रीलाई पक्राउ गरेको बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए ।
आरोपी खत्रीले अधिक मादक पदार्थ सेवन गरेर घरायसी विषयमा बुबासँग वादविवाद गरेको र त्यही क्रममा घाँटी थिचेर बुबाको हत्या गरेको प्रहरी निरीक्षक खनालले जानकारी दिए ।
पक्राउ परेका खत्रीको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।