नेकपा एमालेका पूर्व नेता वामदेव गौतम दम्पतीलाई कोरोनाभाइरस संक्रमण भएको छ । वामदेव र उनकी पत्नी तुलशा थापा गौतमलाई कोरोना संक्रमण भएको उनका छोरा हरिश गाैतमले जानकारी दिएका छन् ।
‘हामीहरूको घर पनि कोरोनाबाट पीडित भएको छ । बाबा आमालाई शीघ्र स्वास्थ्य लाभको कामना छ,’ हरिशले सामाजिक सञ्जालमा लेखेका छन् ।
तेस्रो लहरको कोरोना बाट थुप्रै नेताहरू सङ्क्रमित भएका छन् । ४ जना पूर्वप्रधानमन्त्रीसहित धेरै नेताहरूलाई तेस्रो लहरको कोरोनाले छोएको छ । तीमध्ये केही निको भइसकेका छन् भने केही आइसोलेसनमै छन् ।