नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अफ्रिकी देश मोरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि टोलीको घोषणा गरेका छन् । बुधबार अलमुताइरीले ३४ खेलाडी समेटेर दुई फरक टिमको घोषणा गरको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।
किरण चेम्जोङको कप्तानीमा प्रशिक्षणमा रहेका ३४ खेलाडीलाई समेटेर घोषणा गरिएको टिममा १२ जना खेलाडी दुवै टोलीमा परेका छन् । नेपालले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मरिसससँग माघ १५ र १८ गते दुईवटा मैत्रीपूर्ण खेल खेल्दै छ ।
दुवै खेल दर्शकसहितको रङ्गशालामा अपराह्न ४ः४५ बजे सुरु हुनेछ । एन्फाले सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकलको पालना गर्दै एक तिहाई दर्शकलाई मात्र अनुमति दिइने जनाएको छ । यस्तै, एन्फाले सामान्यतर्फ पाँच सय र भिआइपीतर्फ एक हजारको टिकट दर राखेको छ ।
अफ्रिकी देश मोरिसस फिफा वरीयतामा एक सय ७२औँ स्थानमा छ । नेपाल एक सय ६९औँ स्थानमा छ ।
पहिलो टोली :
किरण चेम्जोङ, दीप कार्की, टेकेन्द्र थापा, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, सुदीप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ, विमल घर्तीमगर, सुनिल बल, नितिन थापा, आकाश बुढामगर, कृतिस रत्न छुन्जु र जगजित श्रेष्ठ ।
दोस्रो टोली :
किरण चेम्जोङ, विशाल श्रेष्ठ, शत्रुघन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरजज्यु ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नवीन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अन्जन विष्ट, आशिष लामा, विमल घर्तीमगर, अनन्त तामाङ, आशिष राई, एरिक विष्ट, सुशील राई, प्रशान्त अवस्थी र सन्तोष तामाङ ।