बितेको २४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लासहित १३ जिल्लामा तीन अंक (१०० भन्दा बढी) को सङ्क्रमण पाइएको छ ।
मन्त्रालयले आज (मंगलबार) सार्वजनिक गरेको विवरणअनुसार काठमाडौंमा ४ हजार ८७५ जना भक्तपुरमा ५१५ जना र ललितपुमार ७८२ गरी उपत्यकामा ६ हजार १७२ जनामा सङ्क्रमण देखिएको छ ।
प्रदेशगत रुपमा हेर्दा प्रदेश १ मा १ हजार ७ जना मधेश प्रदेशमा १८२ जना बागमति प्रदेशमा ६ हजार ७९४ जना, गण्डकी प्रदेशमा ५०६ जना, लुम्बिनी प्रदेशमा ५७७ जना, कर्णाली प्रदेशमा ८१ जना र सुदूरपश्चिम प्रदेशमा २५८ जना गरी कूल १२ हजार ८ जनामा सङ्क्रमण देखिएको हो ।
आज झापामा १६७ जना, मोरङमा ४४२ जना, सुनसरीमा २९१ जना, काभ्रेपलान्चोकमा २१२ जना, चितवनमा १५० जना, मकवानपुरमा १०६ जना, कास्कीमा ३११ जना, बाँकेमा १२१ जना, रुपन्देहीमा २२३ जना, र कैलालीमा १६७ जनामा सङ्क्रमण देखिएको हो ।