बितेको २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ८ जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २५ हजार ९०९ जनाको परिक्षण गर्दा १२ हजार ८ जनामा सङ्क्रमण देखिएको छ ।
आज १८ हजार १०३ जनाको पिसिआरबाट ९ हजार ४३२ र ७ हजार ८०६ जनाको एण्टिजेन परिक्षणबाट २ हजार ५७३ जनामा सङ्क्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार आज ३ हजार ४० जना निको भएका छन् भने ८ जनाको निधन भएसँगै ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६६७ पुगेको छ ।
अहिले देशभरी ८८ हजार ९३४ सक्रिय सङ्क्रमित रहेका छन् ।