१५ वर्षीया बालिकालाई पटक पटक जवरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले २० वर्षे युवकलाई पक्राउ गरेको छ ।
प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार वीरगञ्ज महानगरपालिका २३ की पीडित बालिकालाई डरत्रास देखाई अनुचित प्रभावमा पारेर मुन्ना प्रसाद यादवले आफ्नै घरमा लगेर पटक पटक जवरजस्ती करणी गर्दै आएका थिए ।
माघ ५ गते पीडित बालिकालाई साथिको कोठामा लगेर करणी गर्दै गर्दा छिमेकीले देखेपछि प्रहरीमा उजुरी दिएका थिए ।
पक्राउ परेका यादवमाथि करणी सम्वन्धि मुद्दामा पर्सा जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता ओमप्रकाश खनालले बताए ।